कुटपिट घटनाका आरोपित गिरफ्तार

कोटहीमाई गाउँपालिका–४, मर्यादपुरकी २८ वर्षीया सादिका कहारलाई कुटपिट गरेको आरोपमा पति २८ वर्षीय सञ्जय कहारलाई प्रहरीले ०८१ जेठ १२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ ८ गते सामान्य विवादमा मादक पदार्थ सेवन गरी कुटपिट गरेको भन्दै पीडित पक्षले जेठ १२ गते इलाका प्रहरी कार्यालय, मर्चवारमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, मर्चवारका इन्सपेक्टर रेशमप्रसाद आचार्यले इन्सेकलाई जानकारी दिनुभयो ।

कुटपिटबाट पीडितको टाउको र आँखामा चोट लागेको छ । पीडितको स्वास्थ्य उपचार भिम अस्पताल, भैरहवामा भइरहेको छ ।


रीमा बिसी