कुटपिट घटनाका आरोपित गिरफ्तार

आठ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा औरही गाउँपालिका-२ देउरी परवाहका २७ वर्षीय सरोज यादवलाई इलाका प्रहरी कार्यालय औरहीले ०८१ जेठ १३ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय धनुषाको पठाएकाे छ ।

पीडित जेठ १० गते विद्यालयबाट घर फर्किने क्रममा बाटो नजिकै रहेको आँपको बगैचामा तल खसेको आँप टिप्दा आरोपितले कुटपिट गरेको भन्दै पीडित पक्षले ०८१ जेठ १२ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनु भयो ।

पीडितको उपचार जेठ ११ गते आरपी मोडेल हस्पिटल जनकपुरधाममा भयो । कुटपिटबाट पीडितको दाहिने हात भाँचिएको डाक्टर राम बिनय चौधरीले जानकारी दिनु भयो ।


सन्तोषकुमार यादव