कुटपिट घटनाका आरोपित गिरफ्तार

मध्यविन्दु नगरपालिका– ५ सातपत्रे निवासी ६८ वर्षीया ज्येष्ठ नागरिक मिना गिरीमाथि जग्गाको विषयलाई लिएर भएको विवादमा कुटपटि गरेको आरोपमा मध्यविन्दु– ४ सातपत्रे निवासी ४७ वर्षीया बसन्ती केसी, २५ वर्षीया बिमला खत्री, २६ वर्षीया लक्ष्मी खत्री र २८ वर्षीया सीता खत्री लाई प्रहरीले जेठ ५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई ०८१ जेठ ५ गते जग्गाको विषयलाई लिएर भएको विवादमा कुटपिट हुँदा गम्भीर घाइते हुनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार उहाँलाई चार जना महिलाहरुले टाउकोमा ढुंगाले प्रहार गरेको हुदाँ उहाँको टाउकोमा चोट लागेर गम्भिर घाइते हुनुभएको छ ।

घाइते गिरिको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार गरि चितवनको भरतपुर अस्पतालमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।


ज्ञानु पंगेनी