कुटपिट घटनाका आरोपित गिरफ्तार
मकवानपुरगढी गाउँपालिका-१ की १८ वर्षीया फुलमाया लुङ्बामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत बकैया गाउँपालिका-१२, घट्टेपाखास्थित चाइनिज क्याम्पमा कार्यरत ५१ वर्षीय चिनियाँ नागरिक थान काई युनलाई प्रहरीले ०८० माघ २ गते गिरफ्तार गरेको छ ।
आरोपित थान काई युन विरुद्ध पीडित पक्षले माघ २ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीका अनुसार आरोपितले माघ २ गते क्याम्पमा खाना बनाउने क्रममा खाना नमिठो भन्दै कुटपिट गरेका थिए । उक्त कुटपिटबाट पीडित घाइते हुनुभएको उहाँले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य उपचार हेटौँडा उपमहानगरपालिका-१ स्थित अर्थोपेडिक अस्पतालमा भइरहेको छ । उक्त घटनापछि स्थानीय युवाहरूले आरोपितलाई कुटपिट गरेको र आफूहरूले उद्धार गरेको डिएसपी भण्डारीले बताउनु भयो ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
खानेपानीको समस्या झेल्दै रारा गाउँबासी
तिला गाउँपालिका–१, रारा गाउँका नागरिकले खानेपानीको समस्या झेल्दै आइरहेका छन् । रारा गाउँका नागरिकले धित मरुन्जेल खानेपानी खान नपाएको पुस्तौँ बित्यो । रारा गाउँमा खानेपानीको चरम समस्या छ । अहिले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्लाको चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ घर भइ बारबर्दिया नगरपालिका-३, बनगाई बस्ने २० वर्षीय प्रकाश कुमार नेपालीलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई वैदेशिक रोजगारीमा हुँदा सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा गुर्भाकोट नगरपालिका–५ का २९ वर्षीय खगेन्द्र ऐरीलाई प्रहरीले ०८१ असोज १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
जिल्ला अस्पताल स्तरोन्नति नहुँदा बिरामीलाई सास्ती !
डण्डामा रहेको मध्यबिन्दु अस्पताल स्तरोन्नति नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । १५ शैयाको जिल्ला अस्पताल हाल ७८ शैयामा सञ्चालित छ । तर, स्वीकृत दरबन्दी १५ शैयाको मात्र रहेको छ…
हिलोसहितको बाढीले सुकुम्बासीलाई समस्या ! (फोटो फिचर)
असोज १०, ११ र १२ गते परेको वर्षाले बागमती प्रदेशमा सात ओटा जिल्ला अति प्रभावित भए । सोही वर्षाले बागमती नदीमा आएको हिलोसहितको बाढी नै काठमाडौँ महानगरपालिका–११, वंशीघाटको सुकुम्बासी बस्तीमा…