कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०८० मङ्सिर १९ गते

म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८ गते कुटपिट गरेको आरोपमा पीडितले आरोपितविरूद्ध मङ्सिर १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो ।

कुटपिटबाट घाइते पीडितको मङ्सिर १८ गतेदेखि जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


सुरेश खत्री