कुटपिट घटनाका आरोपित गिरफतार

  ०७४ माघ ११ गते

४५ वर्षीया सासू आमा सोहरती बरईलाई हँसिया प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मायादेबी गाउँपालिका-५ का ३१ वर्षीय पिन्टु बरइलाई माघ १० गते आरोपितको घरैबाटै गिरफतार गरेको छ ।

आरोपितले माघ ९ गते माइतमा बस्दै आएकी पत्नीलाई लिन माघ ९ गते सम्मरीमाई गाउँपालिकामा रहेको ससुराली गएको र माघ १० गते बिहान ४ बजेको समयमा पति पत्नीबीच भनाभन हुँदा छोरीलाई घर जानका लागि बाधक बनेको भन्दै हँसियाले सासू आमालाई घाँटीमा प्रहार गरेका थिए ।

हँसिया प्रहारबाट जोगिन खोज्दा टाउकोको बाँया भागमा गम्भीर चोट लागेको र उपचारका लागि भिम अस्पताल भैरहवामा पुर्‍याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि क्रिमशन अस्पताल मणिग्राममा रिफर गरिएको र अहिले उपचार भइरहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर थमनबहादुर रजाली मगरले बताए ।

आरोपित विरुद्ध माघ १० गते ज्यान मार्ने उद्योग सम्बन्धी उजुरी दर्ता गरी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।


रीमा बि.सी.