कुटपिट घटनाका आरोपित गिरफ्तार
सानीभेरी गाउँपालिकामा कार्यरत इन्जिनियर ३० वर्षीय रमेश लम्साललाई कुटपिट गरेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीयलका सदस्य सानीभेरी गाउँपालिका – ३ का ३१ वर्षीय गोविन्द वलीलाई असार २७ गते गिरफ्तार गरेको छ ।
गाउँपालिकामा कार्यरत इन्जिनियर लम्साललाई योजनाको मूल्याङ्कन कम गरेको भन्दै कुटपिट गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश पूर्वाधार विकास अन्र्तगत रंगशाला निर्माणका लागि ५० लाख रुपियाँ छुट्याइएको र मूल्याङ्कन ३६ लाख बराबर गरेपछि इन्जिनियरमाथि कुटपिट भएको प्रमुख प्रशासकीय अधिकृत बुढाथोकीले बताउनु भयो ।
इन्जिनियरमाथि हातपात भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जानकारी आएपछि आरोपितलाई सोधपुछका जिल्ला प्रहरी कार्यालायमा ल्याएको हो । दुबै पक्षसँग छलफल गरेर मात्र कानुनी प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिनुभयो
मनिषा केसी
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…