कुटपिट घटनाका आरोपित गिरफ्तार
मन्थली नगरपालिका-१ मन्थली बजारमा मोटरसाइकल वर्कसप चलाउँदै आएका २५ वर्षीय रमेश महत्तोलाई कुटपिट गरेको आरोपमा सर्लाही जिल्ला घर भई मन्थली बस्ने २८ वर्षीय प्रहरी जवान सञ्जीव यादवलाई प्रहरीले ०७९ फागुन १७ गते देवकोटा चोकबाट गिरफ्तार गरेको छ ।
आर्थिक कारोबारको विषयलाई लिएर भएको विवादमा यादवले महत्तोलाई कुटपिट गरेको स्थानीय पत्रकार मिलन घिमिरेले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरी मातेका यादवको कुटपिटबाट महत्तोको आँखामाथि चोट लागेर रगत बगेको घिमिरेले बताउनुभयो ।
प्रहरीले महत्तोलाई उद्धार गरी उपचारको लागि फागुन १७ गते रामेछाप सामुदायिक अस्पतालमा पुर्याएको थियो ।
महत्तोको स्वास्थ्य अवस्था सामान्य रहेको रामेछाप सामुदायिक अस्पतालका डा. केशव सिंह धामीले जानकारी दिनुभयो ।
घटनामा संलग्न महत्तो फागुन ८ गते जिल्ला प्रहरी कार्यालय रामेछापबाट सरुवा भई रमाना बुझेर प्रहरी जवान भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।
घटनाको विषयमा दुवै पक्षलाई बोलाएर छलफल गर्ने पराजुलीले बताउनुभयो ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कार्यालय मल्लरानी गाउँपालिका — ४ का २४ वर्षीय अनिल नेपालीलाई चैत ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपपितद्वय अनिल नेपाली र…