कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले गालिगलौज र कुटपिट गरेको आरोपमा पीडितले माघ २९ गते जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिनुभएको छ ।
शिक्षक सेवा आयोगबाट सामाजिक विषयको निम्न माध्यमिक तहमा सिफारिस भई आएकी शिक्षिका पवन कुमारीलाई माघ २७ गते हाजिर गराउँदा नगर प्रमुखका छोरा दासले कार्यकक्षमै गालिगलौज र कुटपिट गरेको र नगर प्रमुख दासले धाक धम्की दिएको भन्दै अधिकृत शाहले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
घटना लगत्तै आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए तापनि हालसम्म कारबाही प्रकृया अगाडि नबढाउँदा जिल्ला प्रशासनम कार्यालय धनुषामा शान्ति सुरक्षाका लागि उजुरी दर्ता गराएको पीडितले बताउनु भयो ।
यस विषयमा नगरप्रमुख दासलाई जानकारी गराएको र उहाँ कार्य व्यस्तता कारण हालसम्म उपस्थित नभएको जिल्ला प्रहरी कार्यालय धनुषा मुद्दा शाखाका इन्स्पेक्टर सागर कार्कीले जानकारी दिनुभयो ।
सन्तोषकुमार यादव
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१२ का २१ वर्षीय अशोक चौधरीलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…