कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी
ईश्वरपुर नपा–१२ को नेपाल राष्ट्रिय जनता माधयमिक विद्यालयका शिक्षक ३२ वर्षीय जीवन शङ्कर साहलाई असोज २४ गते सोही वडाका नेपाली कांग्रेसका कार्यकर्ता ३४ वर्षीय नागेन्द्र पाख्रिनले कुटपिट गरेको आरोपमा पीडितले कात्तिक ५ गते इलाका प्रहरी कार्यालय केशरगञ्जमा लिखित उजुरी दिनु भएको छ ।
दशैँको अवसरमा असोज २४ गते ईश्वरपुर नपा–१२ का सन्तोष पुलामीले आयोजना गर्नु भएको शुभकामना आदान–प्रदान कार्यक्रममा पाख्रिनले कुटपिट गर्दै मार्ने धम्की दिएको पीडितको आरोप छ ।
कुटपिटबाट घाइते हुनुभएका साहको उपचार असोज २६ गतेदेखि ईश्वरपुरको अस्पतालमा गरी असोज २८ गते थप उपचारका लागि वीरगंजको नेशनल हस्पिटलमा गरिएको थियो ।
‘उजुरी दिने बित्तिकै दर्ता गर्ने भन्ने हुँदैन । शिक्षक जीवन शङ्कर साहलाई अन्याय भएको रहेछ भने उहाँले न्याय पाउनु हुन्छ । उजुरीपछि आरोपितलाई झिकाएर अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।’–इलाका प्रहरी कार्यालय ईश्वरपुर केशरगञ्जका इन्स्पेक्टर जनकराज ढुङ्गानाले बताउनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…