कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परोह नगरपालिका-८ मोतीपुर नरकटिया टोल की २९ वर्षीया लालु कुमारी पटेललाई साेही टोल निवासी पत्रकार ३५ वर्षीय अभिमन्यु पटेल, निजका भाइहरू ३३ वर्षीय राकेश पटेल, र ३० वर्षीय मुकेश पटेलले कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गौरमा ०८१ भदौ २७ गते उजुरी दिनु भएकाे छ ।
पीडितकाे अनुसार भदौ १९ गते नरकटिया की कृष्णा पटेललाई बजार लगेकाे विषयमा विवाद हुँदा आराेपित पत्रकार र निजका भाइहरूले आफुलाई भदौ २७ गते कुटपिट गरी घाइते बनाएको हाे ।
पीडित महिलाले आरोपितहरूविरुद्ध घटना भएकै दिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भएकोमा पीडित घाइते भएकाे हुनाले उनलाई उपचार तथा घाउ जाँचका लागि प्रादेशिक अस्पताल गौर पठाइ अनुसन्धान कार्य अगाडि बढाएको असइ रागिनि यादवले जानकारी दिनु भयाे ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमाशङ्खर गुप्ताले पीडितले सामान्य उजुरि दिएको बताउनु भयाे । तर, स्थानियका अनुसार पीडितलाई पत्रकार र निजका भाइहरूले कुटपिट नगरेको बताउनुहुँदै महिला महिला बीच झगडा भएको जानकारि दिनु भयाे ।
पीडित महिलाकाे उपचार प्रादेशिक अस्पताल गौरमा भदौ २७ गतेदेखि २८ गतेसम्म भएको अस्पतालले जनाएको छ।
गौरी न्यौपाने
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…