कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
१३ वर्षीय बालकलाई जनकपुरधाम उपमहानगरपालिका-८ स्थित बलवा प्रहरी चौकीका २५ वर्षीय प्रहरी जवान विवेक झाले कुटपिट गरेको आरोपमा पीडित पक्षले ०८१ असार २ गते जिल्ला प्रहरी कार्यालय अन्तरगत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र धनुषामा उजुरी दिनुभएको छ ।
पीडित बालक असार १ गते अन्य साथीहरूसँग बलवा प्रहरी चौकी छेउमा क्रिकेट खेल्दै गर्दा आराेपित जवान आफू पनि खेल्ने भन्दै समूहमा सामेल भएका थिए । खेल्ने क्रममा क्रिकेट बल हराएपछि पीडित बालकले प्रहरी जवानसँग नयाँ बल माग्दा आराेपित जवानले कुटपिट गरेका थिए ।
कुटपिटका कारण पीडित बालकको दुई ओटै गाला र टाउकोमा चोट लागेकाेले उनकाे उपचार असार २ गते जनकपुरधामस्थित एडभान्स सिटी स्क्यान एण्ड डाइग्नोस्टिक सेन्टरमा उपचार भयो।
आराेपित प्रहरी जवान झालाई जिल्ला प्रहरी कार्यालयमास्थित हिरासत कक्षमा राखी थप अनुसन्धान गरिरहेको बलवा प्रहरी चौकीका असई मेहीलाल राउतले बताउनु भयाे ।
सन्तोषकुमार यादव
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…