शिक्षक कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
ईश्वरपुर नगरपालिका-१२ का नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालयका शिक्षक ३३ वर्षीय रामदिनेश यादवलाई ०८१ वैशाख २८ गते सोही वडाका नेपाली कांग्रेसका कार्यकर्ता ३४ वर्षीय सविन पाख्रिनले कुटपिट गरेको आरोपमा पीडित शिक्षकले जेठ १३ गते इलाका प्रहरी कार्यालय केशरगञ्जमा उजुरी दिनु भएको छ ।
नयाँ वर्ष २०८१ को अवसरमा वैशाख २७ गते ईश्वरपुर नगरपालिका वडा नं १२ का विजय साहीले आयोजना गरेकाे शुभकामना आदान-प्रदान कार्यक्रममा आराेपित पाख्रिनले कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएको पीडितको आरोप रहेको छ ।
कुटपिटबाट घाइते भएका यादवको उपचार वैशाख २८ गतेदेखि २९ गतेसम्म ईश्वरपुरस्थित स्थानीय स्वास्थ्य केन्द्रमा भयो भने थप उपचार जेठ २ गते वीरगंजको नेशनल अस्पतालमा भयो ।
उजुरीपश्चात आरोपित फरार रहेको इलाका प्रहरी कार्यालय ईश्वरपुर केशरगञ्जका इन्स्पेक्टर रामप्रवेश यादवले जानकारी दिनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…