कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

  ०७८ कात्तिक १० गते

बिष्णुपुर गाउँपालिका–१ स्थित जनता मावि खुरहुरियाका शिक्षक ३७ वर्षीय महेशकुमार यादवमाथि कुटपिट र दुव्र्यवहार गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–१ का २१ वर्षीय गौतमकुमार यादव, २६ वर्षीय पप्पु भनिने रमानन्द यादव र २८ वर्षीय सुनिलकुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले कात्तिक ८ गते अभद्र व्यवहारको उजुरी दर्ता गरेको छ ।

विद्यालय सञ्चालन भइरहेका बेला कक्षा ११ मा भर्ना लिन आउनु भएका गौतमले छलफल भइरहेका बेला आक्रोशित भई गालीगलौज र दुव्र्यवहार गरेको पीडित महेशको आरोप छ ।

घटनापछि विद्यालयबाट फर्किरहेका बेला आरोपितहरुले कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ ।

आरोपितहरुविरुद्ध उजुरी दर्ता गरी खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।


मनोहरकुमार पोखरेल