कुटपिट घटनाका आराेपित विरुद्ध उजुरी

  ०८० माघ ४ गते

WhatsApp Image 2024-01-18 at 3.25.59 PM

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समिति सदस्य वीरगंज महानगरपालिका-२३ प्रसौनी का २७ वर्षीय कृष्ण पासवानमाथि ०८० माघ ३ गते रड प्रहार गरी घाइने बनाएकाे आराेपमा पीडितले साेही ठाउँका ४७ वर्षीय दिनानाथ दास तात्वा, उनकी १७ वर्षीया छाेरी गिता कुमारी दास तत्वा र ३५ वर्षीया पत्नी विरुद्ध माघ ३ गते नै वडा प्रहरी कार्यालय श्रीपुरमा उजरी दिनु भयाे ।

घाइते पासवानकाे वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेकाे छ । आराेपतिहरु मध्ये दिनानाथ दास तात्वालाई प्रहरीले घटना भएकै दिन गिरफ्तार गरेकाे छ ।

बाटोको विषयमा दुई पक्ष बीच विवाद हुँदा सम्झाउन पुगेका पासवानमाथि स्थानीय दिनानाथ तत्वाको छोरी गीता कुमारीले तत्वाले पछाडिबाट रड प्रहार गरेको स्थानीयहरूले बताउनु भयाे ।

पासवानले आफू झगडामा सहभागी नभए पनि पुरानो रिसिइबिका कारण हत्या गर्ने उद्देश्यका साथ आराेपितले रड प्रहार गरेको पीडितकाे आराेप रहेकाे छ । उहाँले,-"दलित भएकै कारण स्थानीय नेताहरूको उक्साहटमा विगत लामो समयदेखि दलित बस्तीले बाटो नपाएको र पटक–पटक विवाद हुँदै आएको र सोही विषयमा माघ ३ गते पनि विवाद भएको पासवानले बताउनु भयाे" ।

यता रास्वपा पर्साले माघ ३ गते नै एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटनाका आराेपितहरुलाई यथासिघ्र कानुनकाे दायरा भित्र ल्याई कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । साथै बाटोको विषयमा भएकाे विवादको क्रममा पीडित पासवानको ज्यान मार्ने मनसायले टाउकोमा फलामको रड प्रहार गरेकाे घटना प्रति ध्यानाकर्षण भएको रास्वपा जिल्ला अध्यक्ष दिलिप कुमार कुर्मीले विज्ञप्ती मार्फत जनाउनु भयाे ।

वडा प्रहरी कार्यालय श्रीपुरका इन्सपेक्टर धर्मराज थिङले बाटाेकाे विषयमा विवाद हुँदा भएकाे झडपमा पासवान घाइते भएकाे बताउनु भयाे । घटना बारे अनुसन्धान भइरहेकाे उहाँले बताउनु भयाे ।


शम्भुकुमार सुमन