दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
एच.आई.भी सङ्क्रमित २६ वर्षीया महिला र ४८ वर्षीय पुरुषलाई निजका ५० वर्षीय दाजु र ४८ वर्षीया भाउजुले कुटपिट, गालीगलौज र दुर्व्यवहार गरेको भन्दै ०८१ वैशाख २६ गते पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।
एच.आई.भी सङ्क्रमित पीडितहरू पति पत्नी हुन् ।
एच.आई.भी सङ्क्रमित भएकै कारण आरोपितहरूले वैशाख २४ गते मेरो पतिलाई “तँ पापी, तैले गर्दा हामीलाई पनि रोग सर्छ, तँ मरिहाल, तँ चाँडै मर”, भन्दै दुर्व्यवहार गर्नुको साथै गालीगलौज र कुटपिट समेत गरेको पीडितले बताउनु भयो ।
त्यस्तै, आरोपितहरूले “मेरो नौ महिनाको छोरा र १४ वर्षीया छोरीलाई समेत कुटपिट गरेको” उहाँले बताउनु भयो ।
घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकनाथ खनालले जानकारी दिनु भयो ।
ममता विश्वकर्मा
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…