कुटपिट गरेको आरोपमा पति विरूद्ध उजुरी

  ०७९ साउन १७ गते

तिलोत्तमा नगरपालिका–१७ की ३० वर्षीया वर्षा थारूले आफूलाई कुटपिट गरेको आरोपमा पति २७ वर्षीय मोहन थारू विरूद्ध साउन १५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

पीडितलाई आरोपितले मादक पदार्थ सेवन गरी कुटपिट गर्दै आएको र  अन्तिम पटक साउन १५ गते कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय मंगलापुरमा उजुरी दिनु भएको हो ।

सधैजसो मादक पदार्थ खाएर आफू र छोरालाई कुटपिट गर्ने गरेको, घाँटी थिचेर मार्छु र भारततीर भाग्छु भनेर धम्की दिने गरेको पीडित महिलाले  बताउनु भयो ।

आफूलाई कुटपिट गर्दा कति पटक सासुले छुटाएको बताउदै अब सहेर बस्न नसक्ने भएकाले न्यायका लागि प्रहरीमा उजुरी दिएको बताउनु भयो । पीडित हाल दिदीको घरमा आश्रय लिएर बस्नु भएको छ ।

कुटपिटबाट घाँटी र शरिरका विभिन्न भागमा निलडाम भएकी पीडितको उपचार र स्वास्थ्य परीक्षण साउन १५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

घटनाका विषयमा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले पीडितले हिंसा भएको भन्दै उजुरी दिएकोले उजुरी उपर अनुसन्धान भइरहेको र आरोपित घरमा नभएकोले खोजी भइरहेको बताउनु भयो ।


रीमा बिसी