कुटपिट गरेको आरोपमा पतिविरूद्ध उजुरी
रामग्राम नपा-१० की २३ वर्षीया माया सहानीलाई कुटपिट गरेको आरोपमा २६ वर्षीय पति अयोध्या केवटविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय नवलपरासीमा कात्तिक २३ गते उजुरी दिएकी छन् ।
घरायसी विवादका क्रममा पतिले कात्तिक २१ गते कुटपिट गर्दा कुमको हड्डी भाँचिएर गम्भीर घाइते बनाएपछि पीडितको उपचार बुटवलस्थित सिटी अस्पतालमा भएको थियो ।
हाल माइतीघरमा बसिरहेकी पीडितको उपचार हुने क्रममा सासू शेरसी केवटले सानो छोरालाईसमेत खोसेर जबरजस्ती लगेको भन्दै बच्चा फर्काउनको लागि समेत पीडितले उजुरी दिएकी छन् । आरोपित केवट भने घटना भएकै दिनदेखि फरार रहेको प्रहरीले जनायो ।
पीडितले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको र फरार आरोपितलाई गिरफ्तार गरी कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय, नवलपरासीका सई टिकाराम पोखरेलले जानकारी दिए ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…