कुटपिट गरेको आरोपमा काङ्ग्रेसका जिल्ला सचिव गिरफ्तार

  ०७४ जेठ २९ गते

सिमकोट गाउँपालिका-२ निवासी जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् मानसरोवर बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक ३२ वर्षीय दिपक भण्डारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले नेपाली काङ्ग्रेस जिल्ला कार्यालय सचिव ३८ वर्षीय मानदेव शाही र जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत अहेब ३३ वर्षीय सत्य मल्ललाई जेठ २८ गते गिरफ्तार गरेको छ ।

पीडित भण्डारीलाई स्थानीय तहको निर्वाचनका विषयमा विवाद गरेको आरोपमा जेठ २७ गते राति आरोपितद्वयले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडितले कुटपिटका कारण अनुहारमा चोट लागेको बताउँदै जेठ २८ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएपछि आरोपित दुवैलाई जेठ २८ गते प्रहरीले गिरफ्तार गरेको हो ।

कुटपिटमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि आरोपितद्वयलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख डिएसपी कमलप्रसाद नेपालले जानकारी दिए । घाइतेको उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।


नन्द सिंह