कुटपिट गरी हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

  ०८१ वैशाख ९ गते

प्रतापपुर गाउँपालिका-३, सोमनी निवासी सौतेनी भाउजु ३४ वर्षीया शिला कोइरीलाई कोदालोको धारिलो भागले टाउकोमा कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका २८ वर्षीय मनिराम कोइरीलाई प्रहरीले ०८१ वैशाख ९ गते गिरफ्तार गरेको छ ।

भाउजुलाई आरोपितले घरायसी विवादका क्रममा वैशाख ८ गते कुटपिट गरी हत्या प्रयास गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध सोही दिन इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य उपचार सहिद स्मृति सामुदायिक अस्पताल, चौपत्तामा भइरहेको छ । घटनाका आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बर्दघाटका इन्स्पेक्टर भिमबहादुर कार्कीले इन्सेकलाई जानकारी दिनुभयो ।


नारायण पराजुली