कुटपिट गरी हत्या घटनाका आरोपितहरू गिरफ्तार
सरुमारानी गाउँपालिका-४ की ३० वर्षीया हरिकला बुढाथोकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँकी ६७ वर्षीया हुमीकुमारी सारु, ७५ वर्षीया दिलीसरादेवी सोमै, ४० वर्षीया सितादेवी पुलामी, ३९ वर्षीया झगिसरा पुलामी र ४९ वर्षीया पुतलीदेवी नेपालीलाई प्रहरीले ०८१ वैशाख १३ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी इश्वर थापाका अनुसार मृतक हरिकला बुढाथोकीले अबैध सम्बन्धबाट बच्चा जन्माएको भन्दै आरोपितहरूले ०६३ असोज ९ गते कुटपिट गरेका थिए । उक्त कुटपिटबाट गम्भीर घाइते पीडितको उपचारको क्रममा असोज १२ गते रुपन्देहीको बुटवल अञ्चल अस्पतालमा मृत्यु भएको थियो । आरोपितहरू विरुद्ध पीडित पक्षले असोज १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
शवको पोष्टमार्टम ०६३ असोज १३ गते रुपन्देहीको बुटवल अञ्चल अस्पतालमा गरी परिवारको जिम्मा लागाएको थियो । पीडित परिवारले शव बुझी सोही दिन सदगत् गरेका थिए ।
घटनामा संलग्न मध्य एक जना आरोपित हिमाकुमारी रानाको मृत्यु भएको र हरिकला बुढाथोकीले जन्माएको शिशुको पनि ०६३ असोज १० गते मृत्यु भएको खुल्न आएको डिएसपी थापाले जानकारी दिनुभयो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
इन्सेकको पहलमा नागरिकता प्राप्त !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकको पहलमा गुँरास गाउँपालिका-४ की ३७ वर्षीय अमृताकुमारी विश्वकर्माले नागरिकता प्राप्त गर्नुभएको छ । कानुनी प्रक्रियाका लागि इन्सेकले ०८१ चैत ६ गते उपलब्ध गराएको ८…
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज !
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयले कारागारभित्रै राष्ट्रिय परिचयपत्र दर्ता तथा निर्माण कक्ष तयार गरी कैदीबन्दीका लागि सहजता बनाएको हो । प्रमुख जिल्ला…
आगलागीले घरगोठ जलेपछि कुवँर परिवारको बिचल्ली ! (फोटो फिचर)
आगलागीले घरगोठ जलेपछि खुम बहादुर कुवँर परिवारको बिचल्ली भएको छ । पति खुम बहादुर कुवँरको मृत्यु भएको धेरै भएको छैन । ६ महिना नपुग्दै इस्मा गाउँपालिका–१, हस्तिचौरकी ५० वर्षीया कमला…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…