कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार
मनहरी गाउँपालिका-५, डिल्लिपुरकी ५० वर्षीया सौतनी आमा सन्तमाया चेपाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका २६ वर्षीय इन्द्रबहादुर चेपाङलाई प्रहरीले ०८० मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले कात्तिक २७ गते घरायसी विवाद हुँदा कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते हुनुभएकी सन्तमायाको उपचारको लागि कात्तिक २८ गते भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा मङ्सिर ५ गते मृत्यु भएको हो ।
पीडित पक्षले मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले इन्सेकलाई जानकारी दिनुभयो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई मङ्सिर ५ गते नै गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताउनु भयो ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…