कुटपिट गरी यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
३५ वर्षीया एकल महिलालाई 'शारीरिक सम्बन्ध'को प्रस्ताव अस्वीकार गर्दा कुटपिट गरेको आरोपमा प्रहरी कार्यालयमा २५ वर्षीय भतिजाविरूद्ध उजुरी परेको छ ।
पीडित महिलालाई अत्याधिक मदिरा सेवन गरेका आरोपितले जेठ ३० गते कोठा बन्द गरी अवैध सम्बन्ध कायम गर्न दिएको दबावको प्रतिकार गर्दा कुटेर घाइते बनाएको आरोप लगाउँदै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ ३१ गते उजुरी दिएकी हुन् ।
पीडित महिलालाई आरोपितले कुटपिट गर्दै जबरजस्ती गर्न खोजेपछि पीडित महिलाले होहल्ला गर्नुका साथै प्रहरीलाई फोनमार्फत खबर गरेको बताइन् । प्रहरीलाई खबर गरेपछि झनै आक्रामक बनेका भतिजाले जथाभावी मुडकी, लात्ति प्रहार गरेको पीडित महिलाले बताइन् ।
होहल्ला सुनेर आएका सासु र ससुरालाईसमेत आरोपितले धम्क्याएको पीडित महिलाले बताएकी छन् । घटनाको खबर पाए लगत्तै पुगेको प्रहरी टोलीले आरोपितलाई जेठ ३० गते राति नै घरबाट गिरफ्तार गरेको छ ।
भारत विहार राज्य मधुवनी जिल्ला घोघडीहा ग्राम पञ्चायत माइतीघर भएकी महिलाका पतिको आठ वर्षअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । एक्लो भएको मौका छोपी यसअघि पनि भतिजाले यौन सम्बन्धको प्रयास गरेको उनको आरोप छ ।
घाइते महिलाको उपचार जेठ ३० गते राति ११ बजे प्रहरीले उद्धार गरेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भइरहेको छ । उनको टाउको, घाँटी, कम्मर र कानमा चोट लागेको छ । देब्रे कानमा भने दुईवटा टाँका लगाइएको छ ।
पीडितले यौन दुर्व्यवहार र कुटपिट गरेको भन्दै जेठ ३१ गते उजुरी दिएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले आरोपितलाई नियन्त्रणमा राखी घटनाबारे अनुसन्धान भइरहेको बताए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा–३ का नौ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको आरोपमा १० वर्षीय दाजु र ६२ वर्षीय हजुरबुबा भुविन्द्र खत्रीलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार…
१५ शैया अस्पताल अलपत्रः निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सञ्चालन विहिन अवस्था !
जिल्लाका स्थानीय तह स्तरमा निर्माण भएका १५ शैयाका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बित्दा पनि अस्पताल सञ्चालन विहिन अवस्था देख्दा स्थानीयहरू निरास हुँदै…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा सहिद नगर नगरपालिका-१ का २२ वर्षीय धिरेन्द्र मण्डल विरुद्ध ०८१ माघ २४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय, यदुकुहामा उजुरी दिनुभएको छ । पीडित…
यौन दुर्व्यवहार कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद…
बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४२ वर्षीय बुबालाई ०८१ माघ २४ गते जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश शम्भु रेग्मिको इजलासले…