कुटपिट घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई कुटपिट गरी यातना दिएको आरोपमा महोत्तरीको एकडाँडा गाउँपालिका–३ घर भई हेटौँडा उपमहानगरपालिका-५, सिँचाइटोल बस्ने बुबा २७ वर्षीय रामजी मण्डललाई प्रहरीले ०८० पुस २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले शरीरको विभिन्न भागमा कुटपिट गरी आँखामा खुर्सानीको धुलो हाल्ने गरेको भन्दै पीडित पक्षले पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
मण्डलले पत्नीलाई पनि नियमित कुटपिट गरी यातना दिने गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले इन्सेकलाई जानकारी दिनुभयो ।
बालिकासहित पत्नीलाई पनि नियमित यातना दिने गरेको भन्ने छिमेकीबाट सूचना पाएपछि प्रहरी र सिविन लगाएत अन्य संस्थाका प्रतिनिधिहरूले मण्डलको डेरामा अनुगमन गर्दा बुबाको यातनाबाट गम्भीर अवस्थामा रहेको बालिकालाई उद्धार गरेको सिवन बाल हेल्प लाईन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञावलीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य उपचार पुस २१ गते हेटौँडा अस्पतालमा भयो । बालिकाको स्वास्थ्य उपचारपछि उद्धार गरी आफूहरूले सुरक्षित आवास गृहमा राखिएको प्रबन्धक ज्ञावलीले जानकारी दिनुभयो ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
खानेपानीको समस्या झेल्दै रारा गाउँबासी
तिला गाउँपालिका–१, रारा गाउँका नागरिकले खानेपानीको समस्या झेल्दै आइरहेका छन् । रारा गाउँका नागरिकले धित मरुन्जेल खानेपानी खान नपाएको पुस्तौँ बित्यो । रारा गाउँमा खानेपानीको चरम समस्या छ । अहिले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्लाको चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ घर भइ बारबर्दिया नगरपालिका-३, बनगाई बस्ने २० वर्षीय प्रकाश कुमार नेपालीलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई वैदेशिक रोजगारीमा हुँदा सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा गुर्भाकोट नगरपालिका–५ का २९ वर्षीय खगेन्द्र ऐरीलाई प्रहरीले ०८१ असोज १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
जिल्ला अस्पताल स्तरोन्नति नहुँदा बिरामीलाई सास्ती !
डण्डामा रहेको मध्यबिन्दु अस्पताल स्तरोन्नति नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । १५ शैयाको जिल्ला अस्पताल हाल ७८ शैयामा सञ्चालित छ । तर, स्वीकृत दरबन्दी १५ शैयाको मात्र रहेको छ…
हिलोसहितको बाढीले सुकुम्बासीलाई समस्या ! (फोटो फिचर)
असोज १०, ११ र १२ गते परेको वर्षाले बागमती प्रदेशमा सात ओटा जिल्ला अति प्रभावित भए । सोही वर्षाले बागमती नदीमा आएको हिलोसहितको बाढी नै काठमाडौँ महानगरपालिका–११, वंशीघाटको सुकुम्बासी बस्तीमा…