कुटपिट गरी पत्नीको हत्या, आरोपित फरार
लक्ष्मीनिया गाउँपालिका-४ सपहीकी २४ वर्षीय रुवी ठाकुरलाई उनका पति सञ्जय यादवले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
रुवीलाई आरोपितले कात्तिक ९ गते कुटपिट गरेर बेहोस् भएको अवस्थामा छाडेर भागेपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय धनुषा महेन्द्रनगरले जनाएको छ।
कुटपिटबाट गम्भीर घाइते भएकी पत्नीलाई छाडेर डाक्टर बोलाउन गएका पति सञ्जयले डाक्टरलाई बोलाएर सम्पर्कविहीन भएको र घाइतेको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अरुण कुशवाहाले बताए।
स्थानीयबासीका अनुसार विगत तीन दिनदेखि पतिपत्नीबिचमा विवाद हुँदै आएको र सोही क्रममा सञ्जयले रुवीलाई कुटपिट तथा यातनाबाट उनको मृत्यु भएका हो।
रुवीका माइती पक्षले आफ्नो छोरीको छातीमा ढुंगा प्रहार गरी हत्या गरेको छिमेकीहरूलाई उद्दृत गर्दै दावी गरेको छन् ।
मिथिला विहारी नगरपालिका-७ तारापट्टी सिरसिया बस्ने रामप्रगास ठाकुरकी छोरी रुवीको ६ वर्षअघि सामाजिक परम्पराअनुसार आफ्नै जातमा सर्लाहीको कविलासाका संजय ठाकुरसँग विवाह भएको थियो।
तर त्यसको एकवर्ष नवित्दै रुवी भागेर धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपहीका सञ्जय यादवसँग अन्तरजातीय प्रेम विवाह गरेकी थिइन्।
सोही कारण रुवीको माइतसँग सम्बन्ध चिसिएको र जावत–आजतसमेत बन्द भएका बेलामा रुवीको हत्या भएको मृतकका भाइ विनोद ठाकुरले बताए।
भाइ विनोदले सञ्जय यादव पैसाका लागि गलत प्रवृतिका काम गर्दै आएको र सोही क्रममा दिदीले आफ्नो सुन बेचेर राखेको पैसा लिन कुटपिट तथा यातना दिँदै आएको आरोप छ।
शवको पोष्टमार्टम जनकपुर अञ्चल अस्पतालमा गरी परिवारजनको जिम्मा लगाइएको र फरार आरोपितको खोजी कार्य तिव्र बनाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। मृतक रुवीका दुई वर्षीया एक छोरी रहेकी छिन्। समाचार साभारः थाहाखबर
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…