कुटपिट गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

नौकुण्ड गाउँपालिका-५ भोर्लेकी ७१ वर्षीया कान्छी भनिने बाटुली तामाङलाई असोज ३० गते कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ७१ वर्षीय पति बुधे भनिने बुद्धि ग्लान तामाङलाई असोज ३१ गते गिरफ्तार गरेको छ ।

बाटुलीलाई आरोपितले कुटपिट गरि धकेलेपछि आँगनमा लडेर बेहोस भएको र लगत्तै नुवाकोटको त्रिशूली अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी देवेन्द्रराज पाण्डेले बताउनुभयो ।

शवको पोष्टमार्टम असोज ३० गते नुवाकोटको त्रिशूली अस्पतालमा गरिएको छ ।


हेमनाथ खतिवडा