कुटपिट गरी गर्भपतन गराएको घटनाका आरोपितविरुद्ध उजुरी
हरिवन नपा–१ माइती घरमा बस्ने २४ वर्षीया गर्भवती रागनी यादवलाई साउन ९ गते सोही ठाउँका ५० वर्षीय नथुनी राय यादव, नथुनीकी ४५ वर्षीया पत्नी राजकली यादव, २६ वषीय छोरा मुकेश यादव, २२ वर्षीय मिथलेश यादव र छोरी बिदिया यादवले कुटपिट गर्दा २ महिना २० दिनको गर्भपतन भएको भन्दै पीडितले साउन २८ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।
खेतमा बालीनालीसम्बन्धी विवादमा आरोपितहरूले कुटपिटका कारण उपचार गराउनु भएकी पीडितका अनुसार उपचारकै क्रममा साउन १० गते राति आरोपितहरूले कुटपिट गरेको चोटपटकका कारण गर्भपतन भएको हो ।
जया हेल्थ क्लिनिक नवलपुरमा भर्ना भएकोमा चिकित्सकको सल्लाह अनुसार साउन ११ गते जिल्ला अस्पताल मलङ्गवामा थप उपचार गराइएको पीडित रागनीले बताउनु भयो ।
आर्थिक प्रलोभनमा परेर आरोपितलाई प्रहरीले समेत संरक्षण गर्दै आएको पीडित रागनीका भाइ अनोज यादवको आरोप छ ।
घटना साउन ९ गतेको भएपनि आरोपितहरूलाई प्रहरीले गिरफ्तार नगरी मिलापत्रको लागि दबाब दिँदै आएको पीडितका भाइ अरोजकुमार यादवको आरोप छ ।
दबाबमा परेर दुई पटक पञ्चायतमा बसेको तर आरोपितहरूको आक्रमक रवैया र गल्ती महसुस नगर्ने प्रवृत्तिका कारण मिलापत्र गर्न नसकिएको यादवले बताउनु भयो ।
पीडित महिलाले दिएको उजुरी साउन २८ गते दर्ता गरिएको र घटनाको थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर अवधेश यादवले बताउनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…