कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा पति गिरफ्तार
थबाङ गाविस-८ की ३८ वर्षीया सोनाकुमारी नेपालीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ४० वर्षाय पति ध्रुव नेपालीलाई असोज २६ गते गिरफ्तार गरेको छ ।
असोज २५ गते राति १२ बजे सुतिरहेकी सोनाकुमारीलाई आरोपितले मदिरा सेवन गरेर कुटपिट गरेको आरोपमा उजुरी आएपछि अनुसन्धानका लागि प्रहरी चौकी थबाङले असोज २६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
कुटपिटबाट सोनाकुमारीको टाउको र दायाँ कञ्चटमा गम्भीर चोट लागी बेहोस भएपछि राति अरुले कुटपिट गरेको भन्दै ध्रुवले बिहान आफै प्रहरीलाई खबर गरेका थिए ।
पीडितको थवाङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । पीडितको टाउकोमा २९ ओटा टाँका लगाइएको छ ।
आरोपितलाई इलाका प्रहरी कार्यालय थवाङमा राखी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर केशवबहादुर बस्नेतले जानकारी दिएका छन् ।
माधवकुमार ओली
सम्बन्धित समाचारहरू
इन्सेकको पहलमा नागरिकता प्राप्त !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकको पहलमा गुँरास गाउँपालिका-४ की ३७ वर्षीय अमृताकुमारी विश्वकर्माले नागरिकता प्राप्त गर्नुभएको छ । कानुनी प्रक्रियाका लागि इन्सेकले ०८१ चैत ६ गते उपलब्ध गराएको ८…
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज !
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयले कारागारभित्रै राष्ट्रिय परिचयपत्र दर्ता तथा निर्माण कक्ष तयार गरी कैदीबन्दीका लागि सहजता बनाएको हो । प्रमुख जिल्ला…
आगलागीले घरगोठ जलेपछि कुवँर परिवारको बिचल्ली ! (फोटो फिचर)
आगलागीले घरगोठ जलेपछि खुम बहादुर कुवँर परिवारको बिचल्ली भएको छ । पति खुम बहादुर कुवँरको मृत्यु भएको धेरै भएको छैन । ६ महिना नपुग्दै इस्मा गाउँपालिका–१, हस्तिचौरकी ५० वर्षीया कमला…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…