कुटपिट आरोपमा गाँउपालिका उपाध्यक्ष गिरफ्तार
फाकफोकथुम गाउँपालिका–१ का ३८ वर्षीय कृष्णकुमार खड्कालाई ०७८ चैत १८ गते मुक्का प्रहार गरेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष ४२ वर्षीया सरस्वती राई(सरू) लाई चैत २१ गते गिरफ्तार गरेको छ ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक राईविरूद्ध पीडितले चैत २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उपाध्यक्षलाई प्रहरी चौकीमा झिकाएको जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्रकुमार श्रेष्ठले बताउनु भयो ।
फाकफोकथुम गाउँपालिका–७ ठेगाना भएकी उपाध्यक्ष राईविरूद्ध कृष्णकुमार खड्काले चैत २० गते कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा उजुरी दिएको एसपी श्रेष्ठले बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा उपाध्यक्ष राईलाई अनुसन्धानका लागि चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा झिकाएको एसपी श्रेष्ठले बताउनु भयो ।
फाकफोकथुम गाउँपालिकाले मौसममी कामदार कोरिया पठाउने विषयमा छनौटमा नपरेका युवा र जनप्रतिनिधिबिच चैत १८ गते विवाद भएको थियो ।
सोही विवादका क्रममा कृष्णकुमार खड्काले मादक पदार्थ सेवन गरी अश्लील शब्दसहित गालीगलौच गरेपछि आफूले मुक्काले हिर्काएको उपाध्यक्ष राईको भनाइ छ ।
बविता मैनाली
सम्बन्धित समाचारहरू
मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा
मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ । वैशाख ३०…
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…