कुटपिटसहित सञ्चार सामग्रीमा क्षति पुर्याइएको पीडित पत्रकारको आरोप
हरिनगर गाउँपालिका–७ घुस्कीका २७ वर्षीय पत्रकार ब्रहमदेव मेहताले समाचारका सङ्कलनका क्रममा हरिनगर गाउँपालिका–२ का ३५ वर्षीय फिरोज अञ्सारी, २७ वर्षीय दिलसाद सीद्धिकी र २६ वर्षीय समसीर अञ्सारीले कुटपिट गर्नुका साथै सञ्चार सामग्रीमा क्षति पुर्याइएको आरोप लगाउनु भएको छ ।
हरिनगर गाउँपालिका–२ मरिया खोला नजिक ०८० चैत २३ गते हिन्दू र मुस्लिम समुदायका युवाबिच भएको तनावका विषयमा रिपोटिङ्ग गरिरहेको अवस्थामा आरोपितहरुले कुटपिट गर्दै डिएसएलआर क्यामरा फुटाएको पीडितले बताउनु भयो ।
दुवै समुदायका युवाबिच झडप भएको र सो घटनाको नमो अनलाइनबाट प्रत्यक्ष प्रसारण गरीरहेको अवस्थामा आरोपितहरुले कुटपिट गरी क्यामरा फुटाएको पीडित पत्रकारको आरोप छ ।
आरोपितहरुले पत्रकार रवीन्द्र यादव, जुगेश दासलाई कुटपिट गरी सञ्चार सामग्रीमा क्षति पुर्याइएको पीडित पत्रकारको आरोप छ ।
पत्रकारमाथि कुटपिट भएको विषयमा पत्रकारसम्वद्ध सङ्घसङ्गठन चैत २३ गते विज्ञप्ति निकालेर विरोध गरेका छन् ।
मानव अधिकारसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षक भनि परिभाषित गरेको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…