कुटपिटबाट पत्नी घाइते, पति गिरफ्तार

  ०८० फागुन ११ गते

मैवाखोला गाउँपालिका–६ फाकुम्बाकी २६ वर्षीया मनमाया शेर्पा(बस्नेत) ३१ वर्षीय पति दिलबहादुर बस्नेतको कुटपिटबाट घाइते हुनु भएको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८० फागुन ८ गते मनमायालाई डोरीले बाँधेर निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजन लिम्बूले बताउनु भयो ।

कुटपिटबाट आँखा र शरीरका विभिन्न भागमा निलडाम हुने गरी चोट लागेर घाइते हुनु भएकी पीडितको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घटनाका आरोपित पतिलाई दिलबहादुरलाई फागुन ८ गते गिरफ्तार गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


एलिना दियाली