कुटपिटका घटनामा संलग्न भएको आरोपमा प्रहरीद्वारा एक जना गिरफ्तार
तामाकोशी गाँउपालिका–६ च्यामाका नेकपा एमाले कार्यकर्ता बिजुलीप्रसाद शर्मालाई कुटपिट गरेको आरोपमा नेपाली कांग्रेसका कार्यकर्ता प्रहरीले ०७९ वैशाख २८ गते ढालकाजी फुयाललाई गिरफ्तार गरेको छ ।
बाघखोर बजारमा होहल्ला गर्ने गठबन्धनका कार्यकर्तालाई स्थानीय बासिन्दा उठेर किन हल्ला गरेको भनेर प्रतिवाद गर्दा गठबन्धनका कार्यकर्ताले स्थानीय बिजुलीप्रसाद शर्मा माथि आक्रमण गरी घाइते पारेको स्थानीय एमाले नेता देवी शमौले बताउनु भयो ।
शर्मालाई बिनाकारण पिटेको देखेर छिमेकी ढालकाजी फुँयाल सुतेको ठाउँबाट उठेर किन कुट्छौ भनेर सहयोग गर्न निस्किँदा गठबन्धनका कार्यकर्ता र प्रहरी मिलेर उनलाई पक्राउ गरिएको स्थानीय विष्णु पोखरेलले जानकारी दिए।
स्थानीय एमाले नेता बिष्णु पोखरेलका अनुसार ‘एमालेका कार्यकर्ताको मनोबल गिराउन सत्ताको मातमा गठबन्धनको इसारामा प्रहरी सामेल भई स्थानीयबासीलाई त्रसित र आतंकित बनाउदै छन्, यसको हामी भण्डाफोर गर्छौँ ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…