किशोरी वृत्तको सक्रियताले बालविवाह रोकियो
सलेना गाविसमा मङ्सिर १५ गतेका लागि तय भएको बालविवाह किशोरी वृत्तका सदस्यहरूले रोकेका छन् ।
सलेनामा रहेको किशोरी वृत्त (समूह)ले मङ्सिर १३ गते बालविवाहको सूचना पाएपछि सोहि दिने जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला बाल क्लब सञ्जाललाई बालविवाह रोकिदिन अनुरोध गरेको वृत्तकी सचिव कुन्ती भट्टले जानकारी दिइन् ।
१४ वर्षीया बालिका र १६ वर्षीय बालकको विवाह हुनलागेको खबर पाएपछि प्रहरी र किशोरी वृत्तका सदस्यहरूले मङ्सिर १४ गते बालिकाका परिवारलाई सम्झाई-बुझाई गरेपछि विवाह रोकिएको भट्टले बताइन् ।
गाविसमा बसेको सर्वपक्षीय भेलाले गाविसमा हुने बालविवाहलाई रोक्ने प्रतिवद्धता जनाएसँगै बालविवाह रोकिने क्रम बढेको पनि भट्टले बताएकी छन् ।
'मङ्सिर १५ गतेका लागि सलेनाको लिखोडामा बालविवाहको तयारी भएकोले सर्वपक्षीय भेलाले त्यो विवाहलाई रोक्ने निर्णय गरेको हो ।'-उनले भनिन् ।
बालिकाको आग्रहमा आफूहरूले सरोकारवालाहरूलाई खबर गरेपछि विवाह रोकिन सम्भव भएको वृतका किशोरीहरूको भनाइ छ ।
सानै उमेरमा विवाह गर्नु कानुनी अपराध भएकाले किशोरी वृत्तको सहजीकरणमा कसैले अटेर गरी जबरजस्ती बालविवाह गराउन खोज्छ भने कानुन अनुसार कारबाही गरिछाड्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिंह राणाको भनाइ छ । बैतडीमा ५८ प्रतिशत विवाह सानै उमेरमा हुने गर्दछन् ।
नरी बडु
सम्बन्धित समाचारहरू
इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल
नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले फिर्ता गरेको छ । इन्सेक अनलाइनमा असोज १० गते खाद्य व्यवस्था…
स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य
जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् । पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको परीक्षण गर्दा पानीमा कोलिफम (हानिकारक कीटाणु) भेटिएको भए पनि लामो…
आवश्यक कानुनका विषयमा संसदमा आवाज उठाउने: प्रमुख सचेतक विष्ट
कर्णाली प्रदेश सभामा सैद्धान्तिक छलफल हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका विषयमा बोल्ने नेपाली काङ्ग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक क्षेत्र…
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…