किमाथाङ्का नाका बन्द भएपछि खाद्यान्न अभाव
जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ ।
कोभिड–१९ महामारीको कारण देखाउँदै चीन सरकारले किमाथाङ्का नाका तीन वर्षयता बन्द गरेको छ ।
नाका बन्द भएपछि चीन तिरबाट खाद्यान्न आयात हुन नसक्दा भोटखोलामा खाद्यान्न अभाव भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताउनु भयो ।
भोटखोलामा विशेष गरी आलु, कोदो, मकै र फापर उत्पादन हुन्छ । जिल्लामा उत्पादन भएको खाद्यान्नले तीन महिना मात्र खाद्यान्नको माग धान्ने गरेको छ ।
किमाथाङ्का स्थानीय दैनिक ज्यालादारीमा चीनका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । त्यो पनि अहिले बन्द हुँदा ज्याला मजदूरी गरी खाने मर्कामा परेका छन् ।
झण्डै ६ हजार जनाको बसोबास रहेको भोटखोला क्षेत्रमा स्थानीय उत्पादनले वर्षभरी पुग्दैन ।
किमाथाङ्का, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।
खाद्यान्न अभाव भएपछि कोशी प्रदेश सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा भोटखोटा गाउँपालिका–१ र २ का ९१ परिवारलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताउनु भयो ।
खाद्यान्न अभाव भएका थुदाम, रिदाक र छुम्सुरका ९१ घरपरिवारलाई राहत वितरण गरिएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट ९० क्विन्टल चामल प्राप्त भएको थियो । विभिन्न सङ्घसंस्थाको १ लाख ५० हजार रुपियाँबाट आर्थिक सहयोग गरिएको अध्यक्ष भोटेले बताउनु भयो ।
भोटखोला गाँउपालिकामा खाद्यान्न सङ्कटलाई व्यवस्थापन गर्न थप राहत लागि जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिससहित ५ सय क्विन्टल चामल कोशी प्रदेश सरकारसँग माग गरिएको भोटखोला गाउँपालिका अध्यक्ष भोटेले बताउनु भएको छ ।
चिनियाँ बजारबाट आयात हुने खाद्य सामग्री चीनले रोक्दा उत्तरी भोटखोला क्षेत्रमा खाद्यान्न अभाव देखिएको गाउँपालिका अध्यक्ष भोटेको भनाइ छ ।
सदरमुकाम खाँदबारीबाट भरिया र खच्चडमा पुर्याउने खाद्यन्न सामग्री समेत अचाक्ली महङ्गो हुने गरेको छ । सदरमुकाम खाँदबारीबाट किमाथाङ्का नाका करिब १ सय ६२ किलोमिटर टाढा पर्दछ ।
नेपालको संविधान २०७२ ले धारा ३६ मा खाद्यसम्बन्धी हकलाई व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुने व्यवस्था गरिएको छ । उपधारा २ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुने व्यवस्था छ ।
भविन कार्की
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…