किताबमा संसार खोज्दै कैदीबन्दी !
बलात्कार प्रयासको कसुरमा जिल्ला कारागारमा जेल सजाय भोग्दै आएका पदमनाथ दहालका आँखाहरू अचेल कुनै न कुनै किताबमा टाँसिइरहेका हुन्छन् ।
हिउँदको चिसो मौसममा अग्लो पर्खाल छिचोलेर कारागारको मैदानमा आइपुगेको पारिलो घाममा आङ् सेकाएर किताबमा डुब्नुको मज्जै बेग्लै ।
दहाल मात्रै कहाँ हो र ? कर्तव्य ज्यानको आरोपमा थुनामा रहेका रत्नबहादुर तामाङ, चिरन्जीवी अधिकारीलगायतका थुप्रै कैदी र बन्दीहरू आजकल कुनै न कुनै किताब वा पत्रपत्रिका पढिरहेका हुन्छन् ।
पछिल्लो समय विभिन्न कसुरमा जिल्ला कारागारमा कैद सजाय भोग्दै आएका कैदी र विभिन्न मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका वन्दीहरूमा अध्ययन गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
विभिन्न सङ्घसंस्थाको सहयोगमा कारागारमा पुस्तकालय स्थापना गर्नुको साथै टेलिभिजन सेट उपलब्ध गराएपछि उनीहरूमा पुस्तक, पत्रपत्रिका पढ्ने र टेलिभिजन हेर्ने चाहना बढेको कारागारका प्रमुख विनोद अधिकारी बताउँछन् ।
उनीहरूले देशको राजनीतिसँगै विकास निर्माण, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, मनोरञ्जन लगायतका क्षेत्रमा भए गरेका परिवर्तन र प्रगतिका बारे बुझ्न उपलव्ध भएसम्मका पत्रपत्रिका पढ्ने र टेलिभिजन हेर्ने गरेको अधिकारीले बताए ।
जिल्ला प्रहरी कार्यालयमा रहेको पुस्तकालय र खाँदबारीमा रहेको जनसेवा सार्वजनिक पुस्तकालयले कारागारमा घुम्ती पुस्तकालयको व्यवस्था मिलाइदिएको छ ।
जेल जिवन विताइरहेकाहरूमा पनि केही नयाँ ज्ञान थपियोस र उनिहरूले पनि जान्ने मौका पाउन भनेर पुस्तक उपलब्ध गराइएको जनसेवा सार्वजनिक पुस्तकालयका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताए । त्यस्तै कारागारकै लागि भनेर मनराम फाउण्डेशले केही पुस्तक उपलब्ध गराएको छ ।
कारागारमा पढ्ने र टेलिभिजन हेर्ने सुविधा भएसँगै कैदीवन्दीहरूमा पत्रपत्रिका तथा किताब पढ्ने बानीको विकास भएको कारागारका जेलर विनोद अधिकारीले बताए ।
‘पहिले कितावहरू पनि खासै थिएनन्, त्यतिबेला भन्दा अहिले किताब धेरै छन् ।’–अधिकारी भन्छन्–‘पत्रपत्रिका र किताब धेरै भएकाले पनि होला कैदीबन्दीहरूको पढ्ने बानी बढेको छ ।’
कारागारमै विभिन्न खालका किताब र पत्रपत्रिका पढ्ने व्यवस्था भएसँगै आफूलाई निकै खुशी लागेको कैदि चिरन्जीवी अधिकारीले बताए ।
नयाँ–नयाँ विषयवस्तुको अध्ययनले आपूmहरूलाई मानसिक तनाव कम हुने, जेल जीवननै बिताउँदै गर्दा पनि नयाँ कुरा सिक्न र जान्न पाईने भएकाले खुशी लागेको उनी बताउँछन् ।
किताबहरू पढ्दै जाँदा अन्य कैदीबन्दीमा समेत अध्ययनप्रतिको भोक जाग्दै जाने र विस्तारै पढ्ने बानीको विकास हुँदै आएको कैदीबन्दीहरू बताउँछन् ।
घुम्ती पुस्तकालयमा उनीहरूले पढ्न चाहेकै किताबहरू उपलव्ध गराइने र केही समयपछि ति पुस्तक जिल्ला प्रहरी कार्यालय र जनसेवा सार्वजनिक पुस्तकालयमा ल्याएर पुनःउनीहरूकै रोजाई अनुसारका किताबहरू कारागारमा पठाइने गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार सारू मगरले बताए ।
विभिन्न कसुरमा कारागार आइपुगेका कैदीबन्दीमा सकरात्मक सोंचको विकास गर्न र सजाय भोगेर समाजमै फर्किएर पुनः केही योगदान दिने उत्प्रेरणा र उर्जा जगाउन पुस्तक र पत्रपत्रिकाले सहयोग पु¥याउने कारागार अवलोकन गरेका जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए ।
बाबुराम बास्तोला
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका कसुरदार गिरफ्तार
सात वर्षीया बलिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५ महिना २९ दिन कैद सजायको फैसला भएको १३ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २८ गते गिरफ्तार गरेको छ । जिल्ला अदालतका…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर उमनपा–४ का २८ वर्षीय सुमन भन्ने मनोज भण्डारीलाई दोषी ठहर गर्दै जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण
घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय…
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…