किट अभावले कोभिड–१९ सङ्क्रमितको परिक्षणमा समस्या

  ०७९ भदौ १२ गते

किट अभावका कारण कोभिड सङ्क्रमणको परिक्षणमा समस्या भएको मैला स्वास्थ्य चौकीले जनाएको छ ।

पछिल्लो समय जिल्लामा दिनप्रतिदिन कोभिड–१९ सङ्क्रमण बढ्दै जाने तर परिक्षण गर्ने प्रयाप्त स्रोत साधन नहुने भएपछि कोभिड सङ्क्रमितका बिरामी बढेका छन ।

ताँजाकोट गाउँपालिका–४ को गोठेलबाडा गाउँमा दश जनाको कोभिड–१९ सङ्क्रमण परीक्षण गर्दा आठ जनामा पुष्टि भएको छ । गाउँका अधिकांश व्यक्ति कोभिड १९ का लक्षणसँग मिल्ने बिरामी देखिएपछि परीक्षणका लागि स्वास्थ्यकर्मीको टोलीले नमूना सङ्कलन बिधिद्वारा परीक्षण गर्दा कोभिड १९ सङ्क्रमण पुष्टि भएको हो ।

कोभिड १९ का लक्षणसँग मिल्ने बिरामीको कोभिड परीक्षण गर्दा दश जना बिरामी सङ्क्रमित देखिएको मैला स्वास्थ्य चौकीका इन्चार्ज धनराज ढकालले जानकारी दिनु भएको छ । गाउँका अधिकांश मानिस बिरामी भए पनि किट अभावकै कारण नमूना परीक्षण गर्न समस्या हुने गरेको छ ।

अधिकांश बिरामीमा कोभिड सङ्क्रमण पुष्टि हुन सक्ने देखिए पनि परीक्षण सम्भव नभएको उहाँले बताउनुुभयो । किट अभाव भएपछि रुघाखोकी लागेका १ सय ५० जना बिरामीको कोभिड १९ परिक्षण हुन नसकेको स्थानीय सुरेन्द्र रावतले गुनासो गर्नु भएको छ ।

जिल्ला बाहिरबाट परिक्षण गर्ने एन्टिजेन नआँउदा परिक्षणमा समस्या हुने गरेको स्वाथ्यकर्मी ढकालको भनाई छ ।


नन्द सिंह