दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन
स्थानीय तहको निर्वाचन २०७९ काे लागि उम्मेदवारी दर्ता गर्ने दोस्रो दिन वैशाख १२ गते कास्कीमा उम्मेदवारी दर्ताका क्रममा राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले कास्कीका विभिन्न स्थानीय तहमा गरेको अनुगमनका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ ।
उम्मेदवारी दर्ताका क्रममा राप्रपाले बाजागाजा, नेपाली काङग्रेसले आचारसंहिता विपरित मोटरसाइकल र गाडीको प्रयोग गरेको र नेकपा एमाले र जनता समाजवादी पार्टीले ठूलो ठूलो झण्डाहरुको प्रयोग गरेको अनुगमनका क्रममा देखिएको इन्सेक गण्डकी संयोजक शिव खकुरेलले बताउनुभयो ।
त्यस्तै कास्कीको रुपा गाउँपालिकामा उम्मेदवारी दर्ता गर्न पुगेका नेपाली काङग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रुपा गाउँपालिका–७ हंसपुर बस्ने आनन्द सुवेदीलाई कार्यकर्ताले बाटो रोकेका थिए ।
बिहान १२ बजे निर्वाचन कार्यालय नजिक पुगेका उनलाई उम्मेदवारी दर्ता गर्न नदिन कार्यकर्ताले नै अवरोध गरेपछि प्रहरी सुरक्षा दिए साँझ ४ बजे कार्यालय छिराएको थियो । पार्टीले विवादपछि उनको स्थानमा गीमाया गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
सुशन घिमिरे
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…