कास्कीको विजयपुरमा बम विष्फोट, एक जना प्रहरी र एक जना पत्रकार घाइते
पोखरा लेखनाथ मनपा-१४ स्थित विजयपुर खोलाको पुलमा फागुन ८ गते बिहान बम विष्फोट हुँदा दुईजना घाइते भएका छन् ।
सो विष्फोटमा परी प्रहरी जवान कूलबहादुर खत्री र पोखरास्थित गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार घनश्याम पाण्डे घाइते भएका हुन् । घाइते दुवैजनाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचार भइरहेको छ ।
बिहान बम भेटीएपछि सोबारे समाचार सङ्कलनका लागि पुगेका पत्रकार पाण्डे र सुरक्षार्थ खटिएका प्रहरी जवान खत्री बम विष्फोटमा परी घाइते भएका थिए । घाइते दुवैको घाँटीमा चोट लागेको छ ।
बम भेटेपछि नेपाली सेनाको टोलीलाई खबर गरिएपनि टोली घटनास्थल पुग्नुअघि नै बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विष्फोट घटनापछि इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेल सहितको टोलीले घाइतेको अवस्था र घटनास्थलको अनुगमन गरेको थियो ।
इन्सेक कार्यालय, पोखरा
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…