कालाजार रोगको उपचारमा लापारबाही, एक वर्षमा सात जनाको मृत्यु
अस्पतलमा निःशुल्क उपचार हुने कालाजार रोगको उपचारमा स्वास्थ्य संस्थाहरूले लापरबाही गरेका कारण एक वर्षमा सात जनाको मृत्यु भएको इश्वरपुरका स्थानीयले आरोप लगाएका छन् ।
इश्वरपुर-२ राइटरखोरका मुसहर बस्तीका मुसहरहरू भक्तिपुर स्वास्थ्य चौकीमा जाँदा उपचार पाउन नसकेको गुनासो गरेका छन् । समयमा सही उपचारको अभाव हुँदा आठ घरधुरी रहेको मुसहर बस्तीमा एक वर्षमा सात जनाको मृत्यु भएको छ ।
उपचारका लागि जाँदा हातको नाडी छामेर औषधि लेखी बजारबाट किन्न भन्दै चिकित्सकले फर्काइदिने गरेको ४० वर्षीया गङ्गा माझिले आरोप लगाइन् । कालाजारको उपचार अभावमा ४५ वर्षीया पति नथुनि माझि र २० वर्षीया छोरा विक्रम माझि गुमाएकी गङ्गा माझिले भनिन्-'भक्तिपुर अस्पतालमा उपचारका लागि जाँदा डाक्टरले वास्ता गरेनन् । औषधि लेखेर बाहिर पठाइ दिए ।'
अस्पतालमा उपचार नपाएपछि नवलपुर स्थित श्रीराम औषधालयमा उपचारका लागि जाँदा जण्डिस भएको बताए अनुसार औषधि खरिद गरेर खुवाएपनि सञ्चो नभएको उनले बताइन् । ४/५ महिनामा भएभरको पैसा खर्च गरेपनि पतिको उपचार पुरा हुन नसक्दा मृत्यु भएको गङ्गाले बताइन् ।
कालाजारको उपचार अभावमा पति र छोरा गुमाएकी गङ्गाकी ३० वर्षीया बुहारी पानवती माझिलाई मलङ्गवा अस्पतालमा कालाजारको उपचारका लागि भर्ना गरिएको छ ।
स्वास्थ्य चौकी भक्तिपुरमा उपचारका लागि पटकपटक गएपनि हालसम्म औषधि नपाएको स्थानीय ५४ वर्षीय कृष्ण ठाकुरले बताए । उनले भने-'अस्पतालमा औषधि लेखेर बजारमा किन्न पठाइ दिन्छन् ।'
भक्तिपुर स्वास्थ्य चौकीको लपारबाहीले गर्दा राइटरखोरको मुसहरबस्तीमा कालाजारको महामारी फैलिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताए । 'उपचार अभावमा नथुनि माझिको मृत्यु पछि गउँबाट स्थानीयले फोन गरेको अधारमा म आफैँ पीडितको घरसम्म पुग्दा स्वास्थ्य चौकी बेखबर रहेको थियो ।'-प्रमुख जिल्ला अधिकारी कँडेलले भने-'स्वास्थ्य चौकीका कर्मचारीले गरेको भुलका कारण राइटरखोरमा मानवीय क्षति भएको हो ।'
कालाजारको उपचार अभावमा मृत्यु भएको खबर आउनासाथ धरान र काठमाडौँका स्वास्थ्यकर्मीसँगै स्थानीय स्वास्थ्यकर्मी सहित राइटरखोर पुगेर जाँच गर्दा १४ जनामा कलाजर रोग फेला परेको र उनीहरूलाई तत्काल जिल्ला अस्पताल मलङ्गवामा भर्ना गराइएको प्रमुख जिल्ला अधिकारी कँडेलले बताए । स्वाथ्यकर्मी र स्वास्थ्य कार्यालयको लापरबाही र त्रुटीबारे अनुसन्धान भइरहेकोसमेत उनले बताए ।
कालाजारले बुवा, आमा र हजुरबुबा गुमाएका बालक परिवारमा एक्लै !
मलङ्गवा अस्पतालमा कालाजारको उपचारका लागि भर्ना भएका १७ वर्षीय दिपेश माझि कालाजारकै कारण बुवा, आमा र हजुरबुबाको मृत्यु भएका कारण परिवारमा अब एक्लै छन् ।
एक वर्षयता कालाजारको उपचार गराउन नसक्दा ६० वर्षीय हजुरबुवा मखन माझि, ३५ वर्षीय बुवा मेघु माझि र ३० वर्षीया आमा जहरी देवीको मृत्यु भएपछि दिपेश परिवारमै एक्लो भएका छन् ।
उपचार नगराई घरमै बसेको बेला जिल्लाको स्वास्थ्य टोलीले उनलाई उपचारका लागि मलङ्गवा अस्पतालमा भर्ना गराएको हो । गरिब परिवार एकपछि अर्को बिरामी भएपछि उपचार गराउन नसक्दा डेढ वर्षमा तीनै जनाको मृत्यु भएको दिपेशले बताए । उनले भने-'मसँग उपचार गराउने पैसा छैन ।
एक वर्षयता कालाजारबाट ४५ वर्षीया नथुनि माझि, उनका छोरा बिक्रम माझि, ६० वर्षीय मखन माझि, उनका छोरा मेघु माझि र बुहारी जहरीदेवी माझि, ५० वर्षीया रामदुलारी र उनकी छोरी उर्मीला सहित सात जनाको मृत्यु भएको स्थानीय मनोजकुमार सिंहले बताए ।
कालाजार रोग लागेका मुसहर वस्तीका ४० वर्षीय परिक्षण माझि, १७ वर्षीय दिपेश माझि, २० वर्षीय राजेश माझि, ३० वर्षीया पानवती माझि, ४० वर्षीया जानकी माझि, १५ वर्षीय रविन माझि, १० वर्षीय दशै माझि, १८ वर्षीय शनि माझि, १० वर्षीय रिङ्कु माझि, पाँच वर्षीय सञ्जित मल्कि, १० वर्षीय सञ्जय मल्कि, सात वर्षीया कस्मीरा थापा, १४ वर्षीया चान्दनी पासवान गरी १३ जनाको मलङ्गवा अस्पतालमा उपचार भइरहेको छ ।
खुल्ला स्थान खेत, बारी, आली र आँगनमा सुत्ने गरेका कारण गरिब मुसहर बस्तीमा कालाजारले महामारिको रुप लिएको डा. प्रभासकुमार सहाले बताए ।
सन्तोषकुमार सिंह
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…