कालाजारका बिरामी फेला, जिल्लामा उपचार नहुँदा समस्या
लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने कालाजार रोगका बिरामी जिल्लामा फेला परेका छन् ।
कालाजार रोगका बिरामी फेला परेपनि जिल्लामा कालाजारको उपचार नहुँदा समस्या भएको छ ।
पौवादुङमा गाउँपालिका-५ सानोदुम्मामा दुई जनामा कालाजारको पुष्टि भएको छ । कालाजार रोगको उपचार जिल्लामा नहुँदा बिरामीलाई समस्या भएको हो ।
कालाजार रोगको उपचार तथा परीक्षण कुनै पनि स्वास्थ्य संस्था र जिल्ला अस्पतालसमेत नहुने जिल्ला अस्पतालका प्रमुख डाक्टर शिबजी रिजालले बताउनु भयो । डा. रिजालले भन्नुभयो ‘पहाडी जिल्लामा कालाजार रोग कमै मात्रामा देखिन्छ । हाम्रो जिल्लामा पहिलो पटक देखा परेको छ । यसको परीक्षणको लागि हामीसँग किटको व्यवस्था छैन् ।
कालाजार रोगको लक्ष्ण देखापरेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपा रिफर गर्ने गरिएको डाक्टर रिजालले बताउनु भयो । कालाजार रोगको प्रकोप बढेमा जिल्ला अस्पतालमा पनि परीक्षण किटको आवश्यकता पर्ने भएको छ ।
सात वर्षीय बच्चा बिरामी भएपछि उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा परीक्षण गराउने क्रममा ०८० भदौ २० गते कालाजार सङ्क्रमण पुष्टि भएको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका वडाध्यक्ष बोमप्रसाद राईले बताउनु भयो ।
बच्चामा कालाजारको सङ्क्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) बाट खटी आएको डाक्टर रणदिन कुमारको टोलीले भदौ २६ गते स्थलगत रूपमा १२ जनाको स्वास्थ्य परीक्षण गरेकोमा पौवादुङमा गाउँपालिका-५ सानोदुम्माका ६६ वर्षीय एक ज्येष्ठ नागरिकमा कालाजारको सङ्क्रमण पुष्टिछ भएको डाक्टर रणदिन कुमारले बताउनु भयो ।
कालाजार देखिएपछि रोकथामसँगै थप फैलन नदिन सजकता अपनाइएको वडाध्यक्ष बोमप्रसाद राईले बताउनु भयो ।‘हाम्रो वडामा दुई जनामा कालाजार देखिएको छ’’ वडाध्यक्ष राईले भन्नुभयो,‘यसलाई थप फैलन नदिन वडा तथा गाउँपालिकाको पहलमा सक्रियता बढाएका छौँ । कसैमा ज्वरोकोे लक्षण देखिएमा तत्काललाई पौवादुङमा गाउँपालिका-५ स्थित मानेडाँडा आधारभूत अस्पतालमा आएर जाँच गराउन सूचना जारी गरेका छौँ ।’ वडाध्यक्ष राईले भन्नुभयो ।
गाउँपालिकामा कालाजारको बिरामी देखिएकाले यसको रोकथामको लागि गाउँपालिकाले विषेश सजकता अपनाएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनु भयो ।
‘गाउँपालिकामा कालाजारका बिरामी देखिएसँगै हामीले थप सजकता अपनाएका छौँ’ अध्यक्ष राईले भन्नुभयो ,‘बिरामी देखिएका क्षेत्रमा किटनाषक विषादी छर्ने तयारी गरिएको छ । लक्षण देखिएका बिरामीलाई उपचारको लागि गाउँपालिकाबाट आवश्यक सहयोग गछौँ ।’ अध्यक्ष राईले भन्नुभयो ।
गाउँपालिका क्षेत्रमा कालाजार देखिएपछि डब्लूएचओको समूहसहित परीक्षण भइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनु भयो । कालाजार देखिएका बिरामीलाई गाउँपालिकाले निशुल्क उपचारको व्यवस्था गर्ने अधिकृत भट्टराईले बताउनु भयो ।
तराईका क्षेत्रमा बढी मात्रामा कालाजारका बिरामी देखिएपनि पौवादुङमा गाउँपालिका तल्लो भेगको गर्मी क्षेत्रमा विरामी फेला परेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र उपाध्यायले बताउनु भएको छ ।
गणेश विष्ट
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…