कार्यालय प्रमुखमाथि हातपात गरेको घटनाका आरोपित गिरफ्तार
पूर्वधार बिकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख दत्त बुढाथापालाई हातपात गरेको आरोपमा प्रहरीले कर्णाली प्रदेश सभाका निवर्तमान सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश सचिवालय सदस्य छाँयानाथ रारा नगरपालिका—१ का ३७ वर्षीय दानसिहं परियार र नगरपालिका—६ का ४० वर्षीय वडा अध्यक्ष खेम बहादुर रावललाई असार २३ गते गिरफ्तार गरेको छ ।
चालु आर्थिक बर्ष २०७९।८०को पुर्वधार बिकास कोष अन्तर्गत सञ्चालित खर्कदार देखि रिगामाडु र माथि बालै हुदै माथितल्ला सम्मका दुई योजनाको लागत स्टेमेट अनुसारको काम नभएको र रकम भुक्तानीका लागि दबाब दिदाँ आफूले अस्विृकार गर्दा आफू माथि निवर्तमान माननीय र वडा अध्यक्षले कार्यालय भित्र हातपात गरेको निमित्त कार्यालय प्रमुख बुढाथापाले जानकारी दिनु भयो ।
कार्यालयमै पुगेर कार्यालय प्रमुखमाथि हातपात भएको भन्र्दै जिल्ला प्रहरी कार्यालयमा जानकारी आएपछि आरोपितलाई सोधपुछका जिल्ला प्रहरी कार्यालायमा ल्याएको हो । दुबै पक्षसँग छलफल गरेर मात्र कानुनी प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुर्दशन पन्थीले जानकारी दिनु भयो ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…