कार्यालय प्रमुखलाई जानकारी नगराई कर्मचारी खटाउँदा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव
जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्रै स्वास्थ्य सेवा कार्यालयमा यतिखेर स्वाथ्यकर्मीको अभाव चुलिएको छ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन तोकेसंगै जिल्ला अस्पतालका स्वास्थ्यकर्मी मतदाना केन्द्रमा खटाएपछि अस्पतालमा स्वाथ्यकर्मीको अभाव चुलिएको हो ।
जिल्ला निर्वाचन कार्यालय हुम्लाले यस अघि पठाएको परिपत्र अनुसार जिल्ला अस्पतालका प्रमुख प्रेम बहादुर सिंहलाई जानकारी नहुँदै सो अस्पतालका कर्मचारीले आफ्नो मनोमानित ढंगले कर्मचारी निर्वाचनमा खटिएपछि जिल्ला अस्पतालमा दैनिक दिन उपचारका लागि आउने विरामीले सास्ती खेप्नु परेको पाइएको छ ।
गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पनि जिल्ला अस्पतालबाट सम्पुर्ण कर्मचारी तथा स्वास्थ्यकर्मी निर्वाचन सम्पन्न गराउन मतदान केन्द्र तर्फ खटिएपछि यस्तै समस्या आएको थियो । तर यतिवेला पनि स्वास्थ्य जस्तो संम्वेदनशिल क्षेत्रलाई ध्यानमा नराखि स्वास्थ्यका स्वाथ्यकर्मीहरुले आफ्नै मानोमानि गरेपछि जिल्ला अस्पतालमा कर्मचारी तथा स्वास्थ्यकर्मीको अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले जानकारी दिनु भएको छ ।
प्रमुख सिंहका अनुसार आफु खुसी विना जानकारीमा अस्पताल जस्तो सम्वेदनशिल क्षेत्रको आकस्मीक सेवा इमरजेन्सी, ल्याप, एक्सरे फार्मेसी सेवा समेत ठप्प हुने गरि अन्धाधन्धा तरिकाले जिल्ला अस्पातलका कर्मचारीहरु निर्वाचनमा खटाइएका कारण विरामीले उपचार नपाएरै घर फर्कनु पर्ने बाध्यता रहेको छ ।
सो सेवालाई प्रभाव पारेको भन्दै स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय हुम्लालाको ध्यानर्कषण गराएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…
बालसुधार गृहबाट फरार बालबालिकाहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते भागेका दुई जना बालक…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…