कार्यालय प्रमुखमाथि हातपात घटनाका आरोपित गिरफ्तार

  ०८१ असार २२ गते

सर्लाही जिल्ला घर भई आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लामा कार्यरत ४८ वर्षीय कार्यालय प्रमुख शंकर गुप्तालाई हातपात गरेको आरोपमा प्रहरीले जुम्ला जिल्ला घर भई साेही कार्यालयमा नासु पदमा कार्यरत ४० वर्षीय   गोर्ख रावतलाई असार २१ गते गिरफ्तार गरेको छ ।

कार्यालय सञ्चालनकै समयमा हातपात गरी घाँटीमा चोट लागेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार २१ गते उजुरी दिएको इन्स्पेक्टर नरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

कार्यालयकाे कामको विषयमा लिएर कुटपिट गरेपछि आरोपित रावतलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको छ । पीडितको स्वास्थ्य उपचार जिल्ला अस्पतालमा भइरहेकको इन्स्पेक्टर चन्दले बताउनुभयो ।


नन्द सिंह