कार्यालयमा नै वडा अध्यक्षलाई कुटपिट, आरोपित गिरफ्तार

फेदाप गाउँपालिका-५ का वडा अध्यक्ष ४५ वर्षीय टेकबहादुर घिसिङलाई वडा कार्यालयमा नै कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २८ वर्षीय गणेश तामाङलाई चैत २८ गते गिरफ्तार गरेको छ ।

चैत २७ गते वडा कार्यालयमा काम गरिरहेका वडा अध्यक्ष घिसिङलाई आरोपितले कुटपिट गरेर घाइते बनाएको आरोप छ । घाइते वडाध्यक्षको उपचार इसिबु स्वास्थ्य चौकीमा गरिएको छ ।

आरोपितले मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै कार्यालयमा आएको र कार्यालयमा हल्ला नगर्न अनुरोध गर्दा कुटपिट गरेको पीडित वडाध्यक्षले बताए ।


भगिश्वर लिम्बू