कार्यस्थलमा रहेका प्रहरीको आँखामा खुर्सानीको धुलो !
जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको कार्यस्थलमा रहेका ३० वर्षीय प्रहरी जवान सुरेन्द्र सिंहको आँखामा मङ्सिर २७ गते जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ४५ वर्षीय थुनुवा रङ्गमल भनिने गङ्गे महताराले खुर्सानीको धुलो हाली भाग्न खोजेको प्रहरीले जनाएको छ ।
बिहान हिरासतको पहरमामा रहेका प्रहरी सिंहलाई पुर्पक्षका लागि थुनामा रहेका महताराले आँखामा खुर्सानीको धुलो हाली भाग्न खोजेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन श्रेष्ठले बताए ।
चाउचाउ भित्र रहेको खुर्सानीको थुलो सुरक्षाकर्मीको आँखामा हाली भाग्न खोज्ने कैदीलाई जिल्ला प्रहरी कार्यालयको मुल ढोका भन्दा केही परबाट पुनः नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठको भनाई छ ।
निज महतारालाई हात हतियार खर–खजाना र कर्तव्य ज्यान मुद्दाको अभियोगमा हुम्ला जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
प्रहरीका अनुसार थुनुवा महतारा मङ्सिर २७ गते बिहान करिब चार बजे शौचालयमा शौच गर्न गएको र शौचबाट हिरासतको ढोका खोली भित्र लैजाने क्रममा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी प्रहरी जवान सिंहको आँखामा खुर्सानीको धुलो हाली भाग्न खोजेका थिए ।
आँखामा खुर्सानी हालिएका प्रहरीलाई जिल्ला अस्पताल हुम्लामा उपचारका लागि भर्ना गरिएको छ । प्रहरी जवान सिंहको आँखामा जटिल समस्या देखिएकोले चाँडै निको हुन नसक्ने उपचारमा संलग्न डाक्टर टसी लामाले बताए ।
हुम्ला जिल्लामा कारागार नभएको हुँदा अदालतको आदेश अनुसार प्रहरीले कैदीबन्दीलाई हिरासतमा राख्ने गरेको छ । हाल जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा आठ जना थुनुवा रहेका छन् ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…
इन्सेकको पहलमा अस्पतालमा रहेका बिरामीलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई स्वास्थ्य तथा सरसफाइका सामग्री सहयोग गरिएको छ । इन्सेकको पहलमा जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत ११ जना बिरामीलाई ०८१…