कार्यवहाकको जिम्मेवारी कार्यान्वयन नगर्न अदालतको आदेश
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले वडाध्यक्षलाई दिएको कार्यवहाकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत, विरानगरले आदेश दिएको छ ।
उच्च अदालत, विराटनगरका न्यायाधीश न्यायाधीश ध्रुवराज नन्दको ०८१ कात्तिक ४ गतेको आदेशले मेयर हर्कराज राईले दिएको कार्यवहाकको जिम्मेवार कार्यान्वयन नगर्न आदेश दिएको हो ।
उपमेयर भएकै अवस्थामा हर्कराज राईले नातेदार धरान उपमहानगरपालिका-११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवहाक मेयरको जिम्मेवारी दिएपछि उपमेयर आइन्द्र विक्रम बेघाले ०८१ असोज २३ गते उच्च अदालत, विराटनगरमा रिट दर्ता गराउनु भएको थियो । सो रिटमा कात्तिक ४ गते कारबाही गर्दै न्यायाधीश ध्रुवराज नन्दको इजलासले कात्तिक ६ गते छलफलका लागि आउन भनेको छ ।
अदालतको आदेशमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा ४ को ‘क’ को १२ ले गरेको व्यवस्था र धरान नगरकार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवम् सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिन सम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च नं २३२८ मिति ०८१ असोज २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश छ ।’
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले उपमेयर कार्यकक्षमा हुँदाहुँदै नाताले मामा ससुरा पर्ने धरान उपमहानगरपालिका-११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई असोज २३ गते कार्यवहाक मेयरको जिम्मेवारी दिएर असोज २८ गते बेलायत जानु भएको थियो ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…