कार्यपालिका बैठक माग गर्दै मेयरविरूद्ध अदालतमा मुद्दा
इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिले कार्यपालिका बैठक राख्न परमादेशको माग गर्दै उच्च अदालत, विराटनगरमा रिट दायर गराएका छन् ।
मेयर हेमकर्ण पौडेलले कार्यपालिका बैठक नराखेको भन्दै बैठकका लागि परमादेशको माग गर्दै उपमेयरसहितका जनप्रतिनिधिले असोज ७ गते उच्च अदालत, विराटनगरमा रिट दर्ता गराएका हुन् ।
मेयर हेमकर्ण पौडलले कार्यपालिका बैठक नराखेको आरोपमा उपमेयर सङ्गीताकुमारी चौधरीसहित १५ जना वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले उच्च अदालत, विराटनगरमा कार्यपालिका बैठकको माग गर्दै ०८१ असोज ७ गते रिट दर्ता गराएको इटहरी उपमहानगरपालिका-३ का वडाध्यक्ष उमेश सुवेदीले बताउनु भयो ।
जनप्रतिनिधिले ०८१ भदौ २७ गते इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यपालिका बैठक राख्न माग गर्दै निवेदन दिएपनि मेयर हेमकर्ण पौडेलले वेवास्ता गरेपछि अदालत जानु परेको वडाध्यक्ष सुवेदीको भनाइ छ ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न कार्यपालिका बैठक राख्नुपर्नेमा आर्थिक वर्ष सुरूआत भएको दुई महिना बित्न लाग्दा पनि नियमित बैठक नबोलाएपछि मेयरविरूद्ध अदालत जानु परेको इटहरी उपमहानगरपालिकाकी उममेयर सङ्गीताकुमारी चौधरीले बताउनु भयो ।
इटहरी उपमहानगरपालिकासँग सम्बन्धित, सार्वजनिक चासो र सरोकारका विषयहरू सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहँदा त्यसलाई बेवास्ता गरेर नगर प्रमुखले कार्यपालिका बैठक नबोलाएको जनप्रतिनिधिको आरोप छ ।
मेयर पौडेल इटहरी उपमहानगरपालिकाको कार्यपालिकाको भूमिकालाई निस्तेज पार्ने गरी अगाडि बढेको र स्थानीय सरकार सञ्चालन ऐन, २०७५ को दफा १७ को उपदफा (१) बमोजिम र कार्यपालिकाले स्वीकृत गरेको बैठक सञ्चालन आचारसंहिता बमोजिम कार्यपालिका बैठक डाक्न मेयरले अटेर गरेको जनप्रतिनिधिको भनाइ छ ।
जनप्रतिनिधिले ०८१ भदौ ३० गतेका लागि कार्यपालिका बैठक राख्न मेयरलाई ज्ञानपत्र बुझाए पनि मेयर हेमकर्ण पौडेलले कार्यपालिका बैठक डाक्नु भएको छैन् ।
जनप्रतिनिधिहरूले गएको आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरूको भुक्तानी, कर्मचारीहरुको तलब भत्ता भुक्तानी, विद्युतीय बस खरिद तथा इटहरी अस्पतालको सीटी स्क्यान मेसिन खरिद र आर्थिक वर्ष ०८०-०८१ को समीक्षा सम्बन्धमा छलफल गर्न कार्यपालिका बैठक बोलाउन माग गरेका गरेका छन् ।
उच्च अदालत, विराटनगरमा मेयर पौडेलविरूद्ध सङ्गीताकुमारी चौधरीसहित वडाध्यक्षहरू इटहरी-२ माधव कोइराला, वडा-३ का उमेश सुवेदी, वडा-४ का भक्त लामा, वडा-५ का भीष्म घिमिरे, वडा-७ का देवनारायण चौधरी, वडा-९ का जितेन्द्र थापा, वडा-१० का अध्यक्ष अवधेश चौधरी, वडा-११ का केशवप्रसाद कोइराला, वडा-१२ का भुवनराज पोखरेल, वडा-१४ का रमेशप्रसाद चौधरी, वडा-१५ का जयनारायण चौधरी, वडा-१६ का तेजनारायण चौधरी, वडा-१७ का प्रभातकुमार आचार्य, वडा-१८ का रामकुमार चौधरी र वडा-१९ का अध्यक्ष श्रीनारायण चौधरी छन् ।
रिट दायरमा गर्ने कार्यपालिका सदस्यहरूमा मनबहादुर विश्वकर्मा, भीमादेवी राई र भीमाकुमारी तुम्बाहाम्फे हुनुहुन्छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…