कार्यथलोमा हुने हिंसा अन्त्यका लागि महिला आफै सशक्त हुनुपर्नेमा सरोकारवालाको जोड
कार्यथलोमा हुने हिंसा अन्त्यका लागि महिला आफै सशक्त हुनुपर्नेमा एक कार्यक्रममा सहभागी सरोकारवालाहरूले जोड दिएका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २४ गते इटहरीमा आयोजित कार्यथलोमा हुने लैङ्गिक हिंसा न्यूनीकरण विषयक छलफल कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललगायत सरोकारवालाले कार्यथलोमा हुने लैङ्गिक हिंसा अन्त्यका लागि महिला आफै सशक्त हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले हिंसा न्यूनीकरणका लागि महिला आफै सशक्त हुन आवश्यक छ भन्दै त्यसका लागि राज्यका हरेक निकायमा महिला सहभागिता सम्मानजनक हुनुपर्ने बताए ।
कार्यक्रममा इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापाले लैङ्गिक हिंसा न्यूनीकरणका लागि राज्यका निकायले जवाफदेहिता जनाउनु पर्छ भन्दै हिंसा न्यूनीकरण र हिंसाको प्रतिकार गरी अपराधिलाई कानुनको दायरामा ल्याउन सबैलाई आग्रह गरे ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी पोषराज पोख्रेलले लैङ्गिक हिंसा मात्रै नभएर हरेक अपराधिलाई कानुनको दायरामा ल्याउन कुनै सामाजिक राजनीतिक दबावमा नपरी काम गर्न २४ सै घण्टा तयार रहेको भन्दै सूचना दिनका लागि आग्रह समेत गरे ।
कार्यक्रममा निर्माण क्षेत्र, उद्योग व्यवसाय क्षेत्र, शैक्षिक क्षेत्र, सञ्चार क्षेत्रमा हुने लैङ्गिक तथा महिला हिंसा र यसको न्यूनीकरणका लागि सम्बन्धित निकाय तथा कानुनी अवधारणाको विषयमा समेत छलफल गरिएको थियो ।
शेखर ढकाल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिकी कष्टकर
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । ३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।…
जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र…