प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन आइसीजेको आग्रह
मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायिक आयोग (आइसिजे) ले नेपाल सरकार र सत्तारुढ दललाई प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेको राससले जनाएको छ ।
आयोगका प्रमुख म्याट पोलार्डले वैशाख १९ गते जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव फिर्ता लिई स्वतन्त्र न्यायापालिका र शक्ति पृथकीकरणको उचित अभ्यास गर्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा प्रधानन्यायाधीश कार्कीविरुद्ध अनुपयुक्त ढङ्गले ल्याइएको महाअभियोग प्रस्ताव संसद्बाट पारित गर्न अस्वीकार गर्नुपर्ने उल्लेख गरिएको छ ।
नेपालको इतिहासमा पहिलोपटक प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाअभियोगले स्वतन्त्र न्यायापालिका र शक्ति पृथकीकरणको सिद्धान्तप्रति गम्भीर प्रश्न खडा गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको न्यायिक क्षेत्रले अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै मानव अधिकारको रक्षा र कानुनी शासनको पालना गरेकाले अनावश्यक हस्तक्षेप गर्नु उचित नहुने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इन्सेक कास्की जिल्ला प्रतिनिधि सङ्गीता भाटका अनुसार कास्कीमा क्रियाशील नागरिक समाजका प्रतिनिधिले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाभियोग प्रस्ताव फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
स्वतन्त्र, निष्पक्ष न्यायपालिका र कानुनी राज्यको स्थापना भन्ने नेपालको संविधानको प्रस्तावनालाई नै बेवास्ता गरी प्रधानन्यायाधीश उपर लगाइएको महाभियोग न्यायपालिकामाथि ठाडो हस्तक्षेप भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमार्फ सर्वोच्च अदालतले विभिन्न समयमा गरेका फैसलाहरू यथाशीघ्र कार्यन्वयन गरी दण्डहीनताको अन्त्य र न्यायिक र लोकतान्त्रिक मुल्य मान्यतालाइ संस्थागत र सुनिश्चित गर्न सरकारसँग मागसमेत गरिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा ०८१ माघ ७ गते उजुरी दर्ता भएको छ…