कारिया गाउँमा स्टेचरको व्यवस्था नगरिएका कारण स्थानीयलाई सास्ती
आदर्श गाउँपालिकाको कारिया गाउँमा बिरामी बोक्ने स्टेचर नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ ।
गाउँकार्यपालिका कार्यालय समेत रहेको कारियाँ गाउँमा स्टेचरको व्यवस्था नहुँदा बिरामीको उपचारका लागि पिठ्यूँमा नाम्लोले बोकेर स्वास्थ्य चौकी पुगाउनु पर्ने बाध्यता रहेको आदर्श गाउँपालिका–२ का स्थानीय स्थानीय घिमिलाल ओझाले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘आदर्श गाउँपालिका वडा नम्बर २ मा पर्ने कारिया गाँउदेखि स्वास्थ्य चौकीसम्म पुग्न झण्डै आधा घण्टा पैदल हिड्नु पर्छ । गाउँमा एउटा स्टेचरको समेत व्यवस्था गरिएको छैन् । गाउँमा कोही बिरामी भएको अवस्थामा नाम्लो लगाएर बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजाने गरेका छौँ ।’
आदर्श गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बमबहादुर खड्काले गाउँमा स्टेचर नभएको भन्ने सम्बन्धमा आफूलाई जानकारी नभएको र समस्या भए स्टेचरको व्यवस्था गर्न पहल गरिने बताउनु भयो ।
आदर्श गाउँपालिका वडा नम्बर २ का अध्यक्ष रमेश साउदले कारिया गाउँमा स्टेचर नभएको भन्ने जानकारी प्राप्त भएपछि बजेट अभावका कारण आगामि आर्थिक वर्षमा भुक्तानी गर्ने गरे स्टेर खरिद गरिएकोले अबका दिनमा स्थानीयहरुले समस्या भोग्नु नपर्ने बताउनु भयो । कारिया गाउँमा ४ हजार ३ सय ८४ जनाको बसोबास रहेको उहाँले बताउनु भयो ।
प्रेमबहादुर भण्डारी
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…